काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले बढेर २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ९५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर ४ हजार ४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ४ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।