काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ कायम भएको छ।

महासंघका अनुसार शुक्रबार प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार २ हजार १०० रुपैयाँले बढेको हो।

त्यस्तै, सुनको मूल्य प्रतिदश ग्राम २ लाख ६१ हजार ६६० रुपैयाँ कायम भएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। शुक्रबार प्रतितोला ४ हजार ७७५ रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार २० रुपैयाँले बढेर ४ हजार ७९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रतिदश ग्राम चाँदीको मूल्य ४ हजार ११० रुपैयाँ ५० पैसा कायम भएको छ।