काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्यमा उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य १० हजार ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो गिरावटसँगै आज सुनको कारोबार प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि आज ३०५ रुपैयाँले ओरालो लागेको छ । चाँदी आज प्रतितोला ४ हजार ६४० रुपैयाँ कायम भएको छ ।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्