काठमाडौं,। गोप्य जीवनशैली र उत्कृष्ट गायन क्षमताले सधैँ चर्चामा रहने गायिका विष्णु माझीको स्वर रहेको गीत ‘झोर्ले हजुर’ले युट्युबमा कमजोर भ्युज पाएको छ । यसै गीतका गायक बाबुकृष्ण परियारको युट्युब च्यानलबाट यो गीत सार्वजनिक गरिएको छ । २४ घण्टामा यो यस गीतले १ लाख पुग्न पनि चार हजारले कम छ ।

विष्णुका पछिल्ला गीतहरूले यति भ्युज केही घण्टामा नै कटाउँदै आएका थिए । यो पटक भने गीतको भ्युज निकै नै कमजोर भएको हो । शनिबार विष्णुको आवज रहेको स्वर कुनै चर्चा बिना सरप्राइज शैलीमा सार्वजनिक गरिएको थियो । आकस्मात उनको गीत सार्वजनिक हुँदा फ्यानहरू उत्साहित भएका थिए । यो गीतमा रमेश बीजीको शब्द र गायक बाबुकृष्णकै संगीत रहेको छ ।

विष्णुले गीत ‘आइनँ आमा यो तीज’मा २४ घण्टामा १५ लाख भ्युज पाएर रकेर्ड राखेको थियो । पछि यो रकेर्ड अर्का गायक दुर्गेश थापाले ब्रेक गरेका थिए । विष्णुले प्रायः तीजको छेका पारेर गीत निकाल्दै आएकी छन् । यो पटक भने उनले छिट्टै गीत सार्वजनिक गरेकी हुन् ।