सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला २ हजार ३ सय रुपैयाँ बढेर २ लाख ७४ हजार ३ सय रुपैयाँ पुगेको छ। यसअघि दुई दिनमा सुनको मूल्य ११ हजार ५ सय रुपैयाँले घटेको थियो।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ७० रुपैयाँले बढेर ३ हजार ७ सय २० रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ९ सय ७ डलरमा कारोबार भइरहेको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्