काठमाडौं,। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकमा संघीय संसदका दुवै सदनमा देखिएको गतिरोध अन्त्यका लागि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले सर्वदलीय बैठक राखेका हुन् ।

रास्वपा सभापति रवि लामिछानेले बोलाएको बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, एमाले प्रमुख सचेतक ऐनबहादुर महर, नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का सहसंयोजक माधवकुमार नेपाल र वर्षमान पुन तथा राष्ट्रि प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी भएका छन् । श्रम संस्कृति पार्टीले भने बैठक नै वहिष्कार गरेको छ ।

बैठकका लागि संसदमा प्रतिनिधित्व गर्ने दलका सभापति वा अध्यक्षसहित दुई–दुई जनालाई बोलाइएको भए पनि कांग्रेस, एमाले, नेकपा र श्रम संस्कृतिका शीर्ष नेतृत्व नगएर अन्य नेता सहभागि छन् । यस्तै, रास्वपाबाट सभापति लामिछाने, महामन्त्री कबिन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा तथा कानुन मन्त्री सोबिता गौतम सहभागि छन् ।