काठमाडौं।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व परिवर्तन र आन्तरिक बहसमा जोड दिने नेतालाई ‘आवारा’ र ‘अराजक’ भनेपछि केन्द्रीय सदस्य झपट रावलले गम्भीर आपत्ति जनाएका छन्।
शनिबार इलाममा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पार्टी कार्यालयको क्यान्टिनमा बसेर आफूलाई हटाउने योजना बनाउनेलाई लक्षित गरी दिएको गैरजिम्मेवार अभिव्यक्तिको जवाफ दिँदै नेता रावलले सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गरेका हुन्।
झपट रावलका चार प्रश्न
१,क्यान्टिनको बहस र कार्यकर्ताको सम्मानस् पार्टी कार्यालयको क्यान्टिनमा बसेर विचार र नीतिमाथि छलफल गर्ने कार्यकर्तालाई ‘आवारा’ भन्न मिल्छ कि मिल्दैन? विगतमा तिनै कार्यकर्तासँग बसेर क्रान्तिका पाठ सिकाउने नेतृत्वले अहिले बहस गर्ने थलो र कार्यकर्तालाई अवमूल्यन गर्न मिल्छ?
२,नेतृत्व हस्तान्तरण र दोहोरो मापदण्डस् पार्टीमा नेतृत्व रूपान्तरण र हस्तान्तरणको माग गर्नेहरूलाई ‘अराजक’ देख्नु कुन मार्क्सवादी सिद्धान्तमा आधारित होरु हिजो आफू नेतृत्व परिवर्तनको संघर्षबाटै अघि बढेको बिर्सेर अहिले अरूले त्यही माग उठाउँदा अराजकता देख्ने दोहोरो मापदण्ड कसरी स्वीकार्य हुन्छ?
३,आन्तरिक लोकतन्त्र र दायित्वस् पार्टी सुधारको आवाज उठाउनेहरूलाई ‘पार्टी छोडेर जाऊ’ भन्नु गैरजिम्मेवारपन हो। हिजोका अग्रजले पनि ओलीलाई त्यसै गरी धम्क्याएर पाखा लगाएको भए आज उनको राजनीतिक अस्तित्व कहाँ हुन्थ्यो? एमाले कसैको निजी कम्पनी नभई सहिद र कार्यकर्ताको त्यागबाट बनेको साझा संस्था हो।
४,अवसरको समान मापदण्ड र आत्मसमीक्षास् अरू नेताले पटक-पटक अवसर पाएको भन्दै आलोचना गर्ने नेतृत्वले आफ्नै हकमा भने किन सोही मापदण्ड लागू गर्दैन?



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्