काठमाडौं।।राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले सुनसरीको घटनापछि उत्पन्न परिस्थितिलाई साम्य तुल्याइ सामाजिक सद्भाव कायम राख्न धार्मिक क्षेत्रका अगुवासँग छलफल गरेको छ ।

पार्टी संसदीय दल कार्यालयमा सिंहदरबारमा उनले मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गरेको सभापति लामिछानेको सचिवालयले जनाएको छ ।

उनले विश्व हिन्दू महासङ्घका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयाँलसँग पनि छलफल गरेको छ ।

सभापति लामिछानेले उनिहरुसँग सुनसरी र सिरहालगायत देशका विभिन्न भागमा भएका प्रदर्शन रोक्न र सद्भावका लागि अपिल गर्न आग्रह गरेको हो ।रासस