काठमाडौं।। गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन आयोजना स्थलको स्थलगत अनुगमन गरेका छन् । गएरातिको भारी वर्षाका कारण कार्यक्रम स्थलमा पानी जमेर समस्या भएपछि गृहमन्त्री गुरुङले आयोजना स्थलमा पुगेर व्यवस्थापन अवस्थाबारे जानकारी लिएका हुन् ।

गृहमन्त्री गुरुङले चितवनका प्रमुख जिल्ला अधिकारी र कार्यक्रम स्थल क्षेत्रमा रहेका विभिन्न आयोजक टिमलाई भेटेर उक्त क्षेत्रमा रहेको पानी तत्काल हटाउन निर्देशन दिए । गएरातिको वर्षाको कारण महाधिवेशन स्थल जलमग्न बनेको छ । हाल मोटरको प्रयोग गरी जमेको पानी निकाल्ने काम भइरहेको जनाइएको छ। सो क्षेत्रको अहिले माटो भर्ने काम भइरहेको छ ।

गृहमन्त्री गुरुङले महाधिवेशन स्थलको सुरक्षाका विषयमा समेत जानकारी लिएका थिए । रास्वपाको महाधिवेशन उद्घाटन कार्यक्रम आज दिउँसो पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहले गर्ने तयारी रहेको छ।