काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भएर मंगलबार अमेरिकाको न्युयोर्कबाट काठमाडौंका लागि प्रस्थान गर्नुभएको छ।

परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूसहित न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै काठमाडौंका लागि प्रस्थान गर्नुभएको हो।