काठमाडौं।। प्रथम राष्ट्रपति डा रामवरण यादवले पुख्र्यौली गाउँ धनुषाको सपही पुगेर परिवार र दाजुभाईसँगै यस वर्षको बडादसैँ मनााएको छ ।
वडादसैको अवसरमा पूर्व राष्ट्रपति डा यादव यही मङगलबार धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित पुख्र्यौली गाउँ सपही पुगेका थिए । यसवर्ष गाउँमा आई परिवारजन र दाजुभाईसँगै उल्लासमय वातावरणबीच शुभकामना आदनप्रदान गरेर विजयादशमी मनाएको उनले जानकारी दिए।
रासस



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्