काठमाडौं।। कात्तिकः जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीयालाई जटिल प्रसूति समस्या देखिएपछि हवाई उद्धार गरी सुर्खेत पुप्याइएको छ ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गरेको गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यक्रममार्फत ती महिलाको उद्धार गरिएका जनाएको छ । निजको उद्धारमा नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको थियो । राष्ट्रिय महिला सशक्तीकरण परियोजनाले आपत्कालीन सहयोग आवश्यक पर्ने महिलालाई सक्दो मद्दत गर्दै आएको छ ।
रासस



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्