त्रियुगा नगरपालिकामा प्रधानाध्यापक नियुक्तिलाई लिएर प्रश्न, मेयरका पूर्वचालकलाई विद्यालयको नेतृत्व सुम्पिएको भन्दै असन्तुष्टि उनि नेपालि कांग्रेश बाट निर्वाचित मेयर हुन्
त्रियुगा नगरपालिका–५ स्थित दमौटी जनता माध्यमिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिलाई लिएर प्रश्न उठाइएको छ। नगरप्रमुख वसन्त बस्नेत सवारी चालकका रूपमा करिब ४ देखि १० वर्षसम्म काम गरेका लालबहादुर बस्नेत अहिले विद्यालयको प्रधानाध्यापक बनेर आएको भन्दै स्थानीयस्तरबाट असन्तुष्टि व्यक्त गरिएको छ।
उक्त नियुक्ति कुन प्रक्रिया र आधारमा गरिएको हो भन्ने विषयमा प्रश्न उठाउँदै राजनीतिक पहुँच र प्रभावका आधारमा जिम्मेवारी दिइएको त होइन भन्ने आशंका व्यक्त गरिएको छ
विद्यालयजस्तो संवेदनशील संस्थाको नेतृत्व गर्ने जिम्मेवारी दिँदा शैक्षिक योग्यता, अनुभव, क्षमता र नियुक्ति प्रक्रियालाई प्राथमिकता दिनुपर्ने स्थानीयको भनाइ छ।
सानासाना बालबालिकाको भविष्यसँग जोडिएको विद्यालयको नेतृत्व चयनमा पारदर्शिता हुनुपर्ने मागसमेत गरिएको छ। नियुक्तिको वास्तविक प्रक्रिया र आधारबारे सम्बन्धित निकायले स्पष्ट पार्नुपर्ने शुसिल कार्कीले बताएका छन् ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्