काठमाडौं । फिल्म ‘जदौ’को ‘तिमीसँग नबोली..’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ। गीतको भिडियोमा नायिका नीति शाह र नायक प्रभात पाल ठकुरीलाई रोमान्टिक भावमा प्रस्तुत गरिएको छ।
किरण गजमेर र मनिषा सुनारको स्वर रहेको गीतमा गोपाल लोहारको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ। गीतको भिडियोमा रामजी लामिछानेले कोरियोग्राफी गरेका छन्।
अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको फिल्म ९ असोजमा देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ। अन्तरजातीय प्रेम सम्बन्धको विषयलाई मुख्य कथावस्तु बनाइएको फिल्मको स्क्रिप्ट निर्देशक काजी लिम्बूले लेखेका हुन्।
फिल्ममा नीति शाह र प्रभात पाल ठकुरीसँगै मुकुन भुसाल, ऋचा शर्मा, राजश्री थापा, विनोद न्यौपाने, नरेश पौड्याल, गीता अधिकारी, खड्कबहादुर पुन (खबपु), सुन्दर धिताल, सन्ध्या श्रेष्ठ र सुमित्रा देवकोटालगायतका कलाकारको अभिनय रहेको छ।
श्याम तामाङ र नवराज उप्रेतीको छायांकन रहेको फिल्मका सहनिर्मातामा राजाराम सुवेदी, सुमित्रा देवकोटा, दीपक पोखरेल, नारायण शास्त्री र डिल्ली पोखरेल रहेका छन्।
सृजना शर्मा र मनिष शर्मा निर्माता रहेको फिल्ममा शान्ति पुडासैनी कार्यकारी निर्माता छन्। फिल्मलाई एनजिसिएन ग्रुपले देशव्यापी




(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्