काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एस२६ सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी एस२६ एफइ सार्वजनिक गरेको छ। वन यूआई९ सहित आउने सिरिजको पहिलो फोनका रूपमा ल्याइएको एस२६ एफईमा सुधारिएको क्यामेरा, नयाँ ग्यालेक्सी एआई सुविधा र पातलो तथा हल्का डिजाइन रहेको कम्पनीले जनाएको छ।
फोनमा ट्रिपल रियर क्यामेरा, तीन गुणा अप्टिकल जुम, नाइट्रोग्राफी तथा नयाँ माई फ्यानक्याम सुविधा रहेको छ। होरिजोन्टल लकसहितको सुपर स्टेडीले भिडियो खिच्दा स्थिरता बढाउने कम्पनीको दाबी छ।
नयाँ वन यूआई९ मार्फत ग्यालेक्सी एस२६ एफईमा प्रयोगकर्ताको दैनिक आवश्यकता र रुटिनअनुसार कामलाई सहज बनाउने ग्यालेक्सी एआई सुविधा समावेश गरिएको छ।
नेपालमा ग्यालेक्सी एस२६ एफइको मूल्य एक लाख २४ हजार ९९९ रुपैयाँ तोकिएको छ। यो फोन तीन रंगमा उपलब्ध हुनेछ। २४ महिनाको ईएमआई मासिक तीन हजार ३९२ रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ।
सामसङले फोन खरिदमा १० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस र १८ हजार ३५१ रुपैयाँ मूल्यको ६ महिनाको गुगल एआई प्रो सब्सक्रिप्सन निःशुल्क दिने जनाएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्