नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। खेलमा टस जितेको पोखराले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि चितवन राइनोजले ब्याटिङ गर्ने भएको छ।
पोखरा एभेन्जर्सले आजको खेलमा कप्तानी परिवर्तन गर्दै चमिका करुणारत्नेलाई जिम्मेवारी दिएको छ। पोखराले आफ्नो टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ। सकिब अल हसन, आकाश चन्द र विपिन आचार्यलाई बेन्चमा राख्दै उनीहरूको स्थानमा सागर ढकाल, युवराज सिंह र सुदीप अर्याललाई प्लेइङ–११ मा समावेश गरेको छ।
यता चितवन राइनोजले पनि आजको खेलका लागि दुई खेलाडी परिवर्तन गरेको छ। कुशल मल्ल र ग्रान्ड मुस्लीलाई प्लेइङ–११ मा समेट्दै चितवन मैदानमा उत्रिएको छ।
दुवै टोली आज जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन्। पोखराले पहिले बलिङ गर्दै चितवनलाई कम योगफलमा रोक्ने रणनीति बनाएको छ भने चितवन राम्रो सुरुवात गर्दै प्रतिस्पर्धात्मक योगफल तयार पार्ने योजनामा हुनेछ।
पोखरा एभेन्जर्सको प्लेइङ–११:
कुशल भुर्तेल, विपिन खत्री, सागर ढकाल, किरण ठगुन्ना, अर्जुन कुमाल, अर्जुन घर्तिमगर, सुदीप अर्याल, मेहदी हसन, युवराज सिंह, चमिका करुणारत्ने र सदीरा समराविक्रमा।
चितवन राइनोजको प्लेइङ–११:
कुशल मल्ल, रिजन ढकाल, कमल सिंह ऐरी, अर्जुन साउद, विवेक यादव, रञ्जित कुमार, मौसम ढकाल, रवि बोपारा, डेविड मलान, ग्रान्ड मुस्ली र सिकन्दर राजा।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्