काठमाडौं । नारायणी नदीमा आइतबार यस वर्षकै सबैभन्दा उच्च जलसतह मापन गरिएको छ।
आइतबार बिहान ७ बजे नदीको जलसतह उच्च अवस्थामा पुगेको हो। पछिल्ला केही वर्षयता असोज महिनामा नारायणी नदीको जलसतह बढ्ने गरेको देखिएको छ।
दुई वर्षअघि २०८१ असोज १२ गते पनि नारायणी नदीको जलसतह निकै माथि पुगेको थियो। उक्त समयमा नदीमा आएको बाढी स्थानीय बासिन्दाले देखेका ठूला बाढीमध्ये एक भएको बताएका छन्।
असोज महिनामा वर्षा तथा नदीको बहाव बढ्ने क्रमसँगै नारायणी नदी आसपासका क्षेत्रमा बाढी तथा डुबानको जोखिमसमेत बढ्ने गरेको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्