काठमाडौँ। दुबईबाट तेल अविवका लागि उडेको फ्लाई दुबईको एक यात्रुवाहक विमानमा उडानकै क्रममा पाइलट र सहपाइलटबीच कुटाकुट भएपछि विमानलाई साउदी अरबमा आकस्मिक अवतरण गराइएको छ।

संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट इजरायलको तेल अविवस्थित बेन गुरियन विमानस्थलका लागि उडेको फ्लाई दुबईको उडान नम्बर एफजे १०७३ मा यो घटना भएको हो।

उडानकै क्रममा ककपिटभित्र चालक र सहचालकबीच विवाद हुँदै हात हालाहालसम्म पुगेको थियो। घटनापछि सुरक्षाका कारण विमानलाई गन्तव्यसम्म नपुर्‍याई साउदी अरबमा आकस्मिक रूपमा अवतरण गराइएको हो।