काठमाडौं।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)नेता जगदीश खरेलले महामन्त्री पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् । सहमतिमा पदाधिकारी चयन गर्ने सभापति रवि लामिछानेको तयारीपछि उनले उम्मेदवारी फिर्ता लिएका हुन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– सहमति र एकताका लागि सल्लाहमा महामन्त्रीको उम्मेदवारी फिर्ता लिएको छु। लामो बाटो तय गर्नुछ ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्