इराकी।। सैन्य गुप्तचर बलले देशको पश्चिमी मरुभूमि क्षेत्रमा लागूऔषध तस्करीको प्रयास विफल पार्दै करिब दुई लाख ५० हजार नशालु गोली बरामद गरेको इराकी रक्षा मन्त्रालयले मंगलबार जनाएको छ ।

रक्षा मन्त्रालयका अनुसार तस्करीमा संलग्न व्यक्तिहरूले ट्र्याकिङ उपकरण जडान गरिएको बेलुनमार्फत लागूऔषध ओसारपसार गर्ने योजना बनाएका थिए ।

घटनासम्बन्धी फरेन्सिक अनुसन्धान इकाइले कानुनी प्रक्रिया अघि बढाइरहेको मन्त्रालयले जनाएको छ । अनुसन्धान पूरा भएपछि मुद्दा प्रचलित कानुनअनुसार सम्बन्धित निकायमा पठाइने बताइएको छ ।

सन् २००३ मा अमेरिकाको नेतृत्वमा भएको आक्रमणपछि इराकमा लामो समयसम्म जारी रहेको अस्थिरता र द्वन्द्वले लागूऔषध नियन्त्रणका प्रयासमा चुनौती थपेको छ ।

इराकी सरकारले लागूऔषधको तस्करी आतंकवादलाई आर्थिक स्रोत उपलब्ध गराउने प्रमुख माध्यममध्ये एक रहेको बताउँदै आएको छ ।

रासस