काठमाडौं।। गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रवीन्द्र मेहताका परिवारबीच वार्ता सुरु भएको छ । वार्ता महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल सुरु भएको हो ।
यही साउन १० गते राति कोशी प्रदेशको सुनसरीस्थित देवानगञ्ज गाउँपालिका(३ कप्तानगञ्जमा भएको घटनामा घाइते भई शिक्षण अस्पतालमा उपचाररत २२ वर्षीय मेहताको उपचारका क्रममा आज निधन भएको थियो ।
यसअघि गृहमन्त्री सुधन गुरुङले आजै हिन्दू र मुस्लिम समुदायका नेताहरूसँग छुट्टाछुट्टै भेट गरी छलफल गरेका थिए। गृह मन्त्रालयमा भएको छुट्टाछुट्टै भेटमा दुवै समुदायका विभिन्न नेताहरूको सहभागिता थियो ।
छलफलमा पछिल्लो समय मुलुकका विभिन्न क्षेत्रमा देखिएको अवस्था, विवाद, शान्ति, सुरक्षा र आपसी सद्भावका विषयमा छलफल गरेको गृहमन्त्री गुरुङको सचिवालयले जनाएको छ ।रासस



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्