बागलुङ ।। दुई वर्षमा कालोपत्र सक्नेगरी निर्माण थालिएको बागलुङको एक रणनैतिक सडक चार वर्षमा पनि सकिएको छैन ।
हरिचौर–मल्म–पाण्डवखानी सडक चार वर्षमा पनि कालोपत्र नभएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । दुई वर्षमा काम सम्पन्न गर्नेगरी उक्त सडकखण्ड ठेक्का सम्झौता भएकोे थियो ।
एक निर्वाचन क्षेत्र एक रणनैतिक सडकअन्तर्गत हरिचौर–मल्म–पाण्डवखानी सडक समयमै काम नसक्दा स्थानीयलाई समस्या भएको छ ।
सडक निर्माणमा स्थानीयको निरन्तर खबरदारी र जनगुनासोको बेवास्ता भएको गलकोट नगरपालिका–७ मल्मका वडाध्यक्ष राजबहादुर थापाले जानकारी दिए । सो सडक २०८१ साल भदौमा सम्पन्न गरिसक्नुपर्ने प्रावधान थियो ।
सडक निर्माणको जिम्मा वल्डवाइड÷लोपूर्ण जेभी निर्माण कम्पनीले लिएको थियो । स्थानीयले गत कात्तिकमा निर्माण व्यवसायीविरुद्ध आन्दोलनसमेत गरेका थिए । विसं २०७९ भदौमा रु २५ करोड २० लाखमा ठेक्का सम्झौता गरिएको थियो ।
रासस



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्