काठमाडौं — दसैं नजिकिँदै गर्दा स्थानीय बजारमा सुन–चाँदीको मूल्य लगातार घटेको छ। आज मंगलबार सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार हुँदैछ। सोमबार यसको मूल्य २ लाख ९४ हजार ४ सय रुपैयाँ थियो।
सोमबार पनि सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ घटेको थियो। यसरी दुई दिनमा सुन प्रतितोला ४ हजार ३ सय रुपैयाँले सस्तिएको छ। दसैंमा गहना खरिद गर्ने तयारीमा रहेका उपभोक्ताका लागि यो राहतको खबर हो।
चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी आज ६० रुपैयाँ घटेर ४ हजार ३५५ रुपैयाँ कायम भएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्