बागमती।। हिमालयन राइडर्स सोसाइटीको आयोजनामा आगामी मङ्सिर ५ गते हुने दोस्रो हिमालयन पर्यटन प्रवर्द्धन राइडमा १३२ जनाले भाग लिने भएका छन् ।
सोसाइटीका अध्यक्ष राजु थापाका अनुसार राइडमा मकवानपुर र बाराबाट स्वयंसेवकसहित १५० जना सहभागी हुनेछन् । बाराबाट ४२ जनाका साथै मकवानपुरसहित १३२ जना सहभागी हुनेछन् ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण बूढीचौरको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना हुन लागेको साइकल यात्रा हेटौँडा उपमहानगरपालिका वडा नं ४ स्थित हुप्राचौरबाट प्रारम्भ हुनेछ । यात्रा कान्ति लोकपथ–चौहडा–शिखर कटेरी–गैरी भञ्ज्याङ–कुर्ले–सुकौरा–बूढीचौरमा समापन हुनेछ ।
रासस



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्