काठमाडौं,। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले दार्चुलाको नेपाली भूमिमा भारतीय सेनाको हेलिकोप्टर अवतरण भएको विषयमा सरकारको जवाफ माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै दुलालले भारतीय सेनाको हेलिकप्टर दार्चुलामा अवतरण गरेको र उक्त हेलिकप्टरमा भारतीय सुरक्षा निकायका प्रमुख त्यत्ति सवार रहेको भन्ने खबर आएको भन्दै यस विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग गरेका हुन् ।
उनले प्रधानमन्त्रीले सीमासम्बन्धी दिएको अभिव्यक्ति राष्ट्रहित विपरीत रहेकाले रेकर्डबाट हटाउन सभामुखले रुलिङ गर्नुपर्ने धारणा राखे । उनले प्रधानमन्त्रीले बिदा समेत मनाइसकेकाले फुर्सद भए जनताका जल्दा बल्दा मुद्दाहरूका बारेमा सदनमा जवाफ दिन आग्रह गरे ।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्