काठमाडौं,। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुस्लिम समुदायको महान् चाड बकर ईद (ईद-उल-अधा) को अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। चाडको पावन अवसरमा एक शुभकामना सन्देश जारी गर्दै संयोजक प्रचण्डले बकर ईद त्याग, सद्भाव, मानवता र आपसी भाइचाराको प्रतीक रहेको उल्लेख गर्दै यसले समाजमा सकारात्मक ऊर्जा सञ्चार गर्ने विश्वास व्यक्त गरे।

आफ्नो सन्देशमा प्रचण्डले विविधतायुक्त नेपाली समाजको सुन्दरता नै आपसी सद्भाव र एकता रहेको कुरामा जोड दिएका छन्। उनले त्याग र समर्पणको सन्देश दिने यस महान् पर्वले समग्र नेपाली समाजमा धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भावलाई अझ बढी बलियो र सुदृढ बनाउन महत्वपूर्ण प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गरेका छन्।