काठमाडौं।। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार २९० पुगेको छ। नेपाल प्रहरीले शुक्रबार बिहान सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार बाढीमा परी ४ हजार ७९८ जना अझै बेपत्ता छन्।
प्रहरीका अनुसार फेला परेका शवमध्ये ४२७ पुरुष, २५० महिला, ३४ बालक, ४५ बालिका र ५३२ वटा आंशिक अङ्ग रहेका छन्। दुई जनाको भने उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। फेला परेकामध्ये ९२६ वटा शवको जमिनमा गाडेर व्यवस्थापन गरिएको छ। यस्तै पहिचानका लागि १,१४३ मृतक र ७१९ आफन्त गरी कुल १,८६२ जनाको डीएनए नमुना सङ्कलन गरिएको छ।
बेपत्ता हुनेमा २,८८७ स्वदेशी र ६०१ जना विदेशी नागरिक छन्। १,३५० जना भने टेलिफोनमार्फत आफन्तले दिएको सूचनाका आधारमा बेपत्ता सूचीमा राखिएका छन्।बाढी प्रभावित क्षेत्रबाट हालसम्म ८ हजार १२७ जनाको घाइते तथा अलपत्र अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धार गरिएकामध्ये ३ हजार ६३१ जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। पहिचान हुन नसकेका १,१४१ जनाको विवरण वेबसाइटमा अपलोड गरिएको छ।
खोज, उद्धार र राहत कार्यका लागि ७ हजार ९३२ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। बाढीका कारण ६५ जना प्रहरी प्रभावित भएका छन् भने २५ जना प्रहरी अझै सम्पर्कविहीन छन्। प्रहरीले प्रभावित क्षेत्रमा १०६ वटा जनचेतनामूलक कार्यक्रममार्फत ४१ हजार ७२६ जनालाई सचेत गराएको जनाएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्