मेष

दाम्पत्य जीवन सुमधुर रहनेछ। आपसी कुराकानीबाट समस्याहरू सुल्झिनेछन्। रोजगारीका विषयमा समस्या आउन सक्ने भएकाले सचेत रहनुहोला। साझेदारी व्यापारमा लाभ मिल्नेछ।

शुभ रंग: निलो
शुभ अंक: २

वृष

आत्मविश्वासका साथ गरिएको काममा सफलता मिल्नेछ। विरोधीहरूले काममा बाधा पुर्‍याउने प्रयास गर्न सक्छन्। सवारी साधन चलाउँदा नीति–नियमको पालना गर्नुहोला।

शुभ रंग: हरियो
शुभ अंक: ७

मिथुन

व्यापार–व्यवसायमा सन्तानको सहयोग प्राप्त हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। सरकारी योजनाहरूको लाभ उठाउन सकिनेछ।

शुभ रंग: पहेँलो
शुभ अंक: ६

कर्कट

घरपरिवारको साथ मिल्नाले कार्यक्षेत्रमा प्रगति हुनेछ। कुनै कुरालाई लिएर मनमा दुविधा रहन सक्छ। वित्तीय वा सहकारी संस्थाबाट ऋण लिने प्रक्रियामा बाधा आउन सक्छ।

शुभ रंग: सेतो
शुभ अंक: ५

सिंह

कार्यक्षेत्रमा नयाँ कामको प्रस्ताव मिल्नेछ। आफ्ना निजी सम्पर्कमार्फत रोकिएको काम अघि बढाउन सकिनेछ। शुभ कार्यको चर्चा हुनेछ।

शुभ रंग: आकाशी
शुभ अंक: ४

कन्या

नयाँ योजना प्रारम्भ गर्नुअघि शुभचिन्तकहरूसँग सल्लाह लिनुहोस्। वकालत वा प्रशासनिक क्षेत्रमा तपाईंको बोली प्रभावशाली रहनेछ। सञ्चित धनमा वृद्धि हुनेछ।

शुभ रंग: सेतो
शुभ अंक: २

तुला

आत्मविश्वासमा वृद्धि हुनेछ। धैर्य र पराक्रमका साथ काम गर्नुहोस्, सफलता मिल्नेछ। बनाइएका नयाँ योजनाहरू प्रभावकारी रहनेछन्। नयाँ कार्यप्रति उत्साह जाग्नेछ।

शुभ रंग: केशरी
शुभ अंक: ३

वृश्चिक

कार्यक्षेत्रमा अरूको भरमा ढुक्क नपर्नुहोला। स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। सकारात्मक सोचका साथ योजना बनाएमा सफलता मिल्नेछ।

शुभ रंग: पहेँलो
शुभ अंक: ३

धनु

तारिफयोग्य कार्य गर्दै अरूको मन जित्न सकिनेछ। शेयर बजारबाट लाभ मिल्ने संकेत छ। आफूभन्दा ठूला व्यक्तिप्रति आत्मीयता बढ्नेछ। स्वास्थ्य सबल रहनेछ।

शुभ रंग: निलो
शुभ अंक: ७

मकर

नोकरी वा पेशामा प्रभावशाली व्यक्तित्व निर्माण गर्ने समय रहेको छ। आश्वासन दिनेहरूले झुक्याउन सक्ने भएकाले सावधान रहनुहोस्। विद्यार्थीहरूको अध्ययन–अध्यापनमा मन लाग्नेछ।

शुभ रंग: खैरो
शुभ अंक: ४

कुम्भ

मेहनतीहरूका लागि समय निकै उत्साहवर्धक रहनेछ। महत्त्वाकांक्षी कार्यको शुभारम्भ गर्ने समय रहेको छ। पराक्रमद्वारा आफ्नो अधिकार स्थापित गर्न सकिनेछ।

शुभ रंग: केशरी
शुभ अंक: ४

मीन

सन्तान र आफन्तबाट अपेक्षाअनुसार सहयोग नमिल्न सक्छ। दिगो फाइदा हुने कार्य सम्पादन हुनेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। प्राप्त अवसरको पूर्ण लाभ उठाउन कठिन हुन सक्छ।

शुभ रंग: रातो
शुभ अंक: ६