Content:

काठमाडौं, १३ असोज। मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजे बोलाइएको छ।

बैठकमा बाढीपीडितहरूको पुनर्स्थापना, कर्मचारी बढुवा सिफारिस समिति, संघीय निजामती सेवा विधेयकलगायतका विषयमा छलफल गर्ने तयारी छ।

सचिव बढुवाको तयारी

सरकारले प्रशासनतर्फ र प्राविधिकतर्फका सचिव बढुवाको तयारी गरेको स्रोतले जनाएको छ। प्रशासन र प्राविधिक दुवैतर्फबाट एक–एक जना वरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गर्ने तयारी सरकारले गरेको हो।

सिफारिसमा परेका नामहरू

बढुवा समितिले यसअघि नै प्रशासनतर्फबाट आभा श्रेष्ठ कर्ण, चक्रबहादुर बुढा र जयनारायण आचार्यलाई सिफारिस गरिसकेको छ।

यसैगरी प्राविधिकतर्फबाट डा. जगदिश्वर कर्माचार्य, नविनराज सिंह र मीना श्रेष्ठ सचिव बढुवाका लागि सिफारिस भएका छन्।