तेहरान।। क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमा भएको ड्रोन आक्रमणपछि इरानले युक्रेनलाई जवाफी कारबाही गर्ने चेतावनी दिएको छ। घटनाको विरोध जनाउँदै इरानले तेहरानस्थित युक्रेनी कूटनीतिक प्रतिनिधिलाई बोलाएर यस घटनाको जवाफ दिइने जनाएको छ।इरानले क्यास्पियन सागरमा आफ्नो व्यापारिक जहाजमाथि भएको भनिएको आक्रमणको विरोधमा युक्रेनका कूटनीतिक प्रतिनिधिलाई बोलाएर स्पष्टीकरण सोधेको छ।
इरानी अधिकारीले उक्त आक्रमणमा एक नाभिकको मृत्यु भएको जनाएको छ। घटनामा अर्का एकजना घाइते भएका छन्। इरानको विदेश मन्त्रालयले यसलाई आक्रामक कार्य भन्दै आफ्नो राष्ट्रिय हित र सुरक्षाको रक्षा गर्न आवश्यक कदम चालिने जनाएको छ।
यता, युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले क्यास्पियन सागरमा इरानसँग सम्बन्धित सैन्य सामग्री ढुवानीमा प्रयोग भएका जहाजहरूलाई निशाना बनाइएको दाबी गरेका छन्। तर उनले इरानी व्यापारिक जहाजमाथि प्रत्यक्ष आक्रमण भएको पुष्टि गरेका छैनन्।
तनाव किन बढ्यो ?
रुस–युक्रेन युद्ध जारी रहेका बेला अब इरान र युक्रेनबीच पनि तनाव बढ्दै गएको छ। इरानले आफ्नो जहाजमाथि आक्रमण भएको आरोप लगाउँदै युक्रेनका कूटनीतिक प्रतिनिधिलाई बोलाएर स्पष्टीकरण सोधेको छ। यता, युक्रेनले इरानसँग सम्बन्धित सैन्य सामग्री बोकेका जहाजहरूलाई निशाना बनाएको दाबी गरेको छ।
विवाद कसरी सुरु भयो ?
इरानका अनुसार क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि भएको आक्रमणमा एक नाभिकको मृत्यु भयो भने अर्का एक घाइते भए। त्यसपछि तेहरानले युक्रेनका कूटनीतिक प्रतिनिधिलाई बोलाएर कडा विरोध जनाएको हो।
युक्रेनले क्यास्पियन सागरमा इरानसँग सम्बन्धित सैन्य सामग्री ढुवानीका लागि प्रयोग भएका जहाजहरूलाई मात्र निशाना बनाएको जेलेन्स्कीले जनाएका छन्। उनले इरानी व्यापारिक जहाजमाथि प्रत्यक्ष आक्रमण भएको भने स्वीकार गरेका छैनन्।
युक्रेनले इरानले रुसलाई ‘शाहेद’ ड्रोन उपलब्ध गराउँदै आएको आरोप लगाउँदै आएको छ, जसको प्रयोग रुसले युक्रेनमाथिको आक्रमणमा गरिरहेको दाबी छ। अर्कोतर्फ, राष्ट्रपति जेलेन्स्कीले मध्यपूर्वमा हुने आक्रमणका लागि रुसले इरानलाई उपग्रहबाट प्राप्त गुप्तचर ९स्याटेलाइट इन्टेलिजेन्स० सूचना उपलब्ध गराइरहेको आरोप पनि लगाएका छन्।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्