काठमाडौं।। फिफा विश्वकप फुटबल अन्तर्गत पहिलो हाफमा समूह जी को खेलमा न्युजिल्याण्डविरुद्ध बेल्जियमले १–० गोलको अग्रता लिएको छ भने इरान र इजिप्टले १–१ गोलको बराबरी खेलेका छन् ।
क्यानाडाको भ्यानकुभरस्थित बीसी प्लेस रंगशालामा जारी खेलमा बेल्जियमका लियान्द्रो ट्रोसार्डले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिएका छन् । यस्तै, अमेरिकाको वासिङ्टनस्थित सियाटल रंगशालमा भइरहेको खेलमा इरान र इजिप्टले पहिलो हाफमा १–१ गोलको बराबरी खेलेका छन् ।
इजिप्टका महमुद साबेरले खेलको पाँचौँ मिनेटमा र इरानका रमिन रजाइनले १४औँ मिनेटमा गोल गरेका थिए ।रासस



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्