काठमाडौँ– गोरखाको चुमनुब्री गाउँपालिका–६ हुँदै बग्ने बूढीगण्डकी नदीमा आइतबार लेदो र गेग्रानसहित आकस्मिक बाढी आयो। बाढीले नदी किनारका बस्ती, पुल तथा हाइड्रोपावर आयोजनामा ठूलो क्षति पुर्याएको छ।
विनाशकारी बाढीमा परी ५ जना बेपत्ता भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार प्रभावित क्षेत्रबाट ४८ जनाको सकुशल उद्धार गरिएको छ।
प्रहरीका अनुसार बाढीका कारण हालसम्म २६ वटा घर र ९ वटा गोठ पूर्ण रूपमा क्षति भएका छन्। तीन वटा हाइड्रोपावर आयोजनामा पनि क्षति पुगेको छ। बाढीले २ वटा पक्की पुल र २ वटा झोलुङ्गे पुल बगाएपछि क्षेत्रमा यातायात र आवतजावत ठप्प भएको छ।




(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्