कर्णाली।।कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताए।
नेपाल कम्युनिष्ट पार्टी (एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच भएको तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् गठन हुने बताए ।
रासससँगको सङ्क्षिप्त कुराकानीमा मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् विस्तारबारे प्रदेशमा छलफल जारी रहेको र सहमतिको चरणमा आफूहरू पुगेको बताए। उनले भने “केही दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउँछ ।”
सातै प्रदेशमा तीनबुँदे सहमतिअनुसार दुवै दल अघि बढ्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तारमा केही समय लागेको उनको तर्क छ । मन्त्रिपरिषद् विस्तारमा केही समय लागे पनि सरकारी काम नरोकिएका उनले स्पष्ट पारे।
नेकपा (एमाले)को समर्थनमा यही साउन १२ गते उनि मुख्यमन्त्री नियुक्त भएको हो । रासस



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्