नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँ रहेकोमा आज ८ सय रुपैयाँले वृद्धि भएको हो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले बढेर ४ हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार बुधबार १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार १७० रुपैयाँ तथा १० ग्राम चाँदीको मूल्य ३ हजार ७८५ रुपैयाँ निर्धारण गरिएको छ।

अन्तर्राष्ट्रिय बजारको मूल्य, विनिमय दर तथा बजारको माग–आपूर्तिको अवस्थाअनुसार नेपालमा सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुने गर्दछ।