काठमाडौं,। नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा १० हजार १०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन प्रतितोला ३ लाख एकहजार ९०० रुपैयाँमा किनबेच भएको थियो । यस्तै, आज चाँदीको मूल्य १८५ रुपैयाँले घटेर ४ हजार ७४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।