जनकपुरधाम।। जिल्ला भन्सार कार्यालय तिलाठी बेल्ही सप्तरीले आर्थिक वर्ष २०८२र८३ मा रु सात करोड ४२ लाख राजव सङ्कलन गरेको छ ।
कार्यालयका सूचना अधिकारी विजयकुमार साहका अनुसार आव २०८२र८३ मा कार्यालयको वार्षिक लक्ष्य रु आठ करोड १७ लाख १५ हजार रहेकामा लक्ष्यको ९०।१ प्रतिशत अर्थात रु सात अर्ब ४२ लाख राजस्व सङ्कलन भएको छ ।
अघिल्लो आव २०८१र८२ मा उक्त कार्यालयले वार्षिक लक्ष्यको ८०।९३ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । भन्सार नाकासम्म पुग्ने सडक र पुल लामो समयसम्म जीर्ण हुँदा आवागमन प्रभावित भइरहेको परिस्थितिमा लक्ष्यको ९० प्रतिशत राजस्व सङ्कलन हुनु सन्तोषजनक नै मान्नुपर्ने सूचना अधिकारी साहको भनाइ छ । रासस



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्