चितवन।। जेनजी प्रदर्शनका क्रममा आगलागीबाट क्षति भएको भरतपुरस्थित भूमि प्रशासन कार्यालय (मालपोत)परिसरभित्र सेवाग्राहीका लागि खानेपानीको व्यवस्था मिलाइएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको आग्रहमा गैरआवासीय नेपाली सङ्घका निवर्तमान अध्यक्ष आरके शर्माले सो कार्यालय परिसरभित्र खानेपानी सहित शौचालयको पुनर्निर्माण पनि सहयोग गरेका थिए।
कार्यालय प्रमुख निरबहादुर दाहालले ती संरचनाबाट सेवाग्राहीलाई थप सहज हुने बताएका थिए। प्रमुख जिल्ला अधिकारी अर्यालले जेनजी आन्दोलनपछि सरकारी कार्यालयलाई दाताको सहयोग मागेरै पूर्वाधार निर्माण गरिरहेको जानकारी दिएका थिए। सङ्घका निर्वतमान अध्यक्ष शर्माले कार्यालय आउने सेवाग्राहीलाई खानेपानीको समस्या नहोस् भन्ने मनसायले संरचना निर्माणमा सहयोग गरेको बताएका थिए । जेनजी प्रदर्शनमा जिल्लामा क्षति भएका केही संरचनाको पुनर्निर्माण जारी छ । रासस



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्