काठमाडौं,। नेपाली कांग्रेसका सचेतक निश्कल राईले सदनको गरिमा राख्ने काम सभामुखको भएको बताएका छन् ।
प्रतिपक्षी दलमा हुँदा रास्वपाका सांसदले निलो स्कार्प बाँध्नु र अहिले प्लेकार्ड प्रस्तुत गर्नु हुँदै संसदीय मर्यादा विपरीत भएको भन्दै उनले सदनको गरिमा बढाउने काम सभामुखको भएको बताएका हुन् ।
सदनमा विशेष समय लिएर बोल्दै उनले भने, ‘आफैँले गरेको कदम संसदीय र मर्यादित र अहिले प्रतिपक्षीले देखाएको प्लेकार्ड कसरी अमर्यादित ? सभामुख महोदय, त्यो पनि अमर्यादित थियो । अहिले पनि सदनमा अमर्यादित काम भइरहेको छ भन्ने मेरो निष्कर्ष हो । सभाको मर्यादा सभामुखले राख्नुपर्ने हो, त्यो किन हुन सकेन ?’


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्