काठमाडौं।। कारोबारको दिन लगातार सात दिनसम्म ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार भने ४४।५९ अंकले बढेको छ ।

बुधबार नेप्सेमा ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार ४१० रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २६५२।९३ बिन्दुमा पुगेको हो । आज नेप्सेको पुँजीकरण पनि १।७० प्रतिशतले वृद्धि भएको छ ।

बुधबार कारोबार भएका कम्पनीमध्ये २५२ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने १७ वटा कम्पनीको सेयर मूल्य घट्यो । तर, ६ वटा कम्पनीको सेयर मूल्य भने आज स्थिर रह्यो ।

एक सातापछि नेप्से बढ्दा बुधबार सबै उपसमूह हरियाली भएका छन् ।