काठमाडौं।। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले रुपन्देही जिल्ला अदालतको तारेख काठमाडौँ जिल्ला अदालतमा पुगेर तारेख बुझेका छन् । सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतमा रहेको बिचाराधीन मुद्दामा लामिछानेले बिहीबार काठमाडौँ जिल्ला अदालतबाट तारेख बुझेको सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए ।

रुपन्देही जिल्ला अदालतले काठमाडौंमै तारिख बुझ्न दिएको अनुमतिअनुसार लामिछाने बिहीबार काठमाडौं जिल्ला अदालत पुगेका हुन् । सुप्रिम सहकारी ठगीमा रविको व्यक्तिगत रूपमा गएको २ करोड र गोर्खा मिडियाका नाममा गएको सामूहिक २ करोड १५ लाख २८ हजार गरी ४ करोड १५ लाख २८ हजार रुपैयाँको बिगो मागदाबी गर्दै मुद्दा दर्ता भएको थियो ।