राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन् ।
उनी भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारत गएका हुन् । लामिछाने जेठ २२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
रास्वपा प्रवक्ता मनिष झाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त भ्रमणबारे जानकारी दिएका थिए ।
भ्रमणका क्रममा लामिछानेले भारतको नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यसूची रहेको बताइएको छ । भेटघाटमा नेपाल–भारत सम्बन्ध, राजनीतिक सहकार्य तथा समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
यो भ्रमणलाई रास्वपाले कूटनीतिक तथा राजनीतिक सम्बन्ध विस्तारका दृष्टिले महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ ।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्