भैरहवा,। रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा पूर्वराष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई पराजित भएका छन् । शक्तिलाई पराजित गर्दै हरिबहादुर थापा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। कुल खसेको मतमध्ये थापाले ६९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी गौचनले ४९ मत पाए । चार वर्षअघि भएको निर्वाचनमा पनि थापासँग गौचन पराजित भएका थिए ।

यसपटकको निर्वाचनमा थापा र गौचन आ–आफ्नो प्यानल बनाएरै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । संघको उपाध्यक्षमा खेमराज भुसाल, सचिवमा उदयकुमार मल्लिक र कोषाध्यक्षमा धीरज अधिकारी क्षेत्री निर्वाचित भएका छन् ।मतदान अधिकृत प्रकाश न्यौपानेका अनुसार महिला सदस्यमा उमा अधिकारी तथा अन्य सदस्यहरूमा प्रशान्तविक्रम मल्ल, नीरजप्रताप खाँण, पुनित पोखरेल, मनोज भण्डारी, भुवन पाण्डे, विजयसिंह ज्ञवाली, कृष्णकुमार कुँवर, ज्वालेसप्रसाद प्रधान, अन्तिम थापा र ताराप्रसाद पाठक निर्वाचित भएका छन् ।

गौचन र थापा दुवै पक्ष स्पष्ट प्यानलसहित चुनावी मैदानमा उत्रिएपछि जिल्लाका कतिपय खेलप्रेमीहरूले भने क्रिकेटको विकासका लागि यसरी प्यानलगत रूपमा विभाजन हुन नहुने धारणा राखेका थिए ।