काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले क्यानडालाई २३६ रनको लक्ष्य दिएको छ ।
ओमानको अल अमिरातमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन जोड्यो ।
रोहितको शतक
नेपालका लागि रोहित पौडेलले शतकीय इनिङ्स खेले । उनले १२६ बलमा ८ चौका र १ छक्कासहित १०१ रन बनाए ।
यस्तै, गुलशन झाले ४८, बसिर अहमदले ३० र अर्जुन कुमालले २३ रनको योगदान दिए ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्