राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टबीच सोमबार भेटवार्ता भएको छ।
भेटवार्ताका क्रममा नेपाल–अस्ट्रेलियाबीचको आपसी हित, द्विपक्षीय सम्बन्ध तथा आगामी दिनमा सहकार्यका सम्भावनाबारे खुला छलफल भएको नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले जनाएको छ।
राजदूतावासका अनुसार भेटमा आर्थिक विकास, सामाजिक न्याय, लोकतन्त्र, सुशासनलगायतका महत्वपूर्ण विषयमा विचार आदानप्रदान भएको थियो। दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै आपसी सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।
भेटका क्रममा राजदूत अर्न्स्टले नेपाल र अस्ट्रेलियाबीच आगामी दिनमा पनि निरन्तर संवाद, सहकार्य र सम्बन्ध विस्तार हुँदै जाने अपेक्षा व्यक्त गरेका छन्।
दुवै पक्षबीच भएको भेटवार्तालाई नेपाल–अस्ट्रेलिया सम्बन्ध तथा साझा हितका विषयमा छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्