स्पेनिस महारथी क्लब बार्सिलोनाले नयाँ सिजनमा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएको छ। बार्सिलोनाले सबै प्रतियोगिता गरी सुरुआती सात खेलमा ३३ गोल गरिसकेको छ।
पछिल्लो खेलमा कप्तान तथा ब्राजिलियन फरवार्ड राफिन्हाले शानदार ह्याट्रिक गरेपछि बार्सिलोनाले रेसिङ सान्तान्डरलाई ७–२ को फराकिलो अन्तरले पराजित गरेको हो।
लामिन यमालको पासमा कान्सेलोले करिब २० यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि राफिन्हाले २५औँ मिनेटमा पेनाल्टी, ४२औँ मिनेटमा मैदानी गोल र ६७औँ मिनेटमा पुनः पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरे।
राफिन्हाको ४२औँ मिनेटको गोलमा डानी ओल्मोले असिस्ट गरेका थिए। कान्सेलोको प्रहार एसियर भियालिब्रेलाई लाग्दै आत्मघाती गोलमा परिणत भएपछि बार्सिलोनाको अग्रता थप फराकिलो बनेको थियो।
वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका जसुसले लामिन यमालको पासमा गोल गरे। पहिलो हाफको अन्त्यमा पेनाल्टीमा चुकेका यमालले ८९औँ मिनेटमा के. एडेयेमीको पासमा गोल गर्दै बार्सिलोनाको ७–२ को जित पूरा गरे।
राफिन्हाले सबै प्रतियोगिता गरी हालसम्म ११ गोल गरिसकेका छन्, जसमा नौ गोल ला लिगामा रहेका छन्। बार्सिलोनाले लगातार छैटौँ जितसँगै ला लिगाको उपाधि रक्षाको अभियानलाई पनि निरन्तरता दिएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्