काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूविरुद्ध सार्वजनिक भएका आरोपहरू झुटा भएको दाबी गरेका छन्।
एक महिलालाई धम्क्याएको र ब्ल्याकमेलिङ गरेको भनिएको अडियो सार्वजनिक भएपछि मंगलबार एक भिडियो जारी गर्दै उनले यस्तो दाबी गरेका हुन्।
सुनारले प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफूमाथि निरन्तर प्रहार भइरहेको आरोप लगाएका छन्। उनले आफू विभिन्न आरोप–प्रत्यारोपको सिकार भइरहेको र आफ्नो नाम जोडेर काल्पनिक महिलासँगको अडियो सार्वजनिक गरिएको दाबी गरेका छन्।
'आजसम्म सार्वजनिक भएका सबै आरोप झुटा हुन्। एआईलगायत प्रविधिको प्रयोग गरेर बनाइएका प्रचार हुन्,' सुनारले भिडियोमा भनेका छन्।
छानबिनको माग
सांसद सुनारले आफूविरुद्ध उठेका प्रश्न र आरोपको सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारसँग आग्रह गरेका छन्।
'ममाथि उठेका प्रत्येक प्रश्नको, आरोपको सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारलाई म हार्दिक अपिल गर्न चाहन्छु,' उनले भनेका छन्।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्