प्रधानमन्त्रीको भारत भ्रमणमा दीर्घकालीन महत्त्वका उपलब्धि देखिएनन् : गगन थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा दीर्घकालीन महत्त्व राख्ने काम भएको नदेखिएको बताएका छन्।
मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै थापाले प्रधानमन्त्रीको भारत भ्रमणबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले भ्रमणका विषयमा तत्कालै निष्कर्ष निकाल्न नहुने बताए पनि अहिलेसम्मका विवरण हेर्दा दीर्घकालीन महत्त्वका उपलब्धि हासिल भएको नदेखिएको टिप्पणी गरे।
‘हामी हतारमा प्रधानमन्त्रीको भारत भ्रमणबारे बोल्दैनौँ, तर दीर्घकालीन महत्त्वका केही काम भएजस्तो देखिएन,’ थापाले भने।
उनले भ्रमणका क्रममा भएका उपलब्धि र भएका कामबारे प्रधानमन्त्री शाहले स्पष्ट रूपमा जानकारी गराउनुपर्नेमा जोड दिए।
प्रधानमन्त्री शाह भारतको दुईदिने राजकीय भ्रमण पूरा गरी सोमबार साँझ स्वदेश फर्किएका थिए।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्