काठमाडौं।। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले रु एक करोड नौ लाख आर्थिक सहयोग गरेको छ । यो रकम राहत कोषमा व्यक्तिगततर्फबाट उपलब्ध गराइएको ठूलो सहयोग हो ।

व्यावसायिक पृष्ठभूमिकी ८७ वर्षीया राणाले सहयोगी कृष्ण बस्नेतमार्फत पठाउनुभएको रकमको चेक आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मन्त्रालयमा बुझ्ने । सो क्रममा राणाको कार्यालयमा काम गर्ने कर्मचारीहरूले आफ्नै तर्फबाट रु ८० हजार सहयोग पनि अर्थमन्त्रीलाई हस्तान्तरण गरे । राणाले थप रु २५ लाख बराबरको जिन्सी र खाद्यान्न सहयोगको तयारी अवस्थामा रहेको जानकारी दिए।रासस