विराटनगर।। कोशी प्रदेशप्रमुख परशुराम खापुङ र मुख्यमन्त्री हिक्मतकुमार कार्कीबीच भेटवार्ता भएको छ ।
त्यस अवसरमा उनिहरूबीच समसामयिक विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । प्रदेशमा सामाजिक सद्भाव, एकता र धार्मिक सहिष्णुता कायम गने भएका प्रयासबारे मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई जानकारी गराएका थिए ।रासस



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्