गण्डकी।। कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक बेहोस भई लड्नुभएका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको छ ।

स्थानीयवासीको सहयोगमा घटनास्थलबाट तत्काल उद्धार गरी मेट्रोसिटी अस्पतालमा पुर्याइएकामा केहीबेरपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिएका थिए। मृत्युको कारण पोष्टमार्टमपछि खुल्ने उनको भनाइ छ । मृतक अमेरिकी नागरिक एक महिनादेखि सेदीस्थित दामोदर पहारीको घरमा बस्दै आएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।रासस



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्